गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने बाइडेनको वाचा



baiden

वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा जारी युद्ध रोक्न प्रयास गर्ने वाचा गरेका छन् । आइतबार विश्वभरका मुस्लिम समुदायलाई रमजानको शुभकामना दिने क्रममा उनले यस्तो वाचा गरेका हुन् ।

सन्देशमा उनले इजरायल–हमास द्वन्द्वको उल्लेख गर्दै इजरायली बन्धकहरूको रिहाइसँग सम्बन्धित सम्झौता अन्तर्गत गाजामा कम्तीमा ६ हप्ताका लागि तत्कालै युद्ध विराम गराउन अमेरिकाले काम गरिरहने बताएका थिए ।

‘हामी दिगो र दूरगामी स्थायित्व, सुरक्षा र शान्तिपूर्ण भविष्यका लागि काम गर्न जारी राख्नेछौँ । प्यालेस्टाइन र इजरायलका जनताले समान स्वतन्त्रता, मर्यादा, सुरक्षा र समृद्धिको उपभोग गर्न इजरायल र प्यालेस्टाइनबीच सहमतिमा गराउने प्रयास जारी राख्नेछौँ । यो दिगो शान्तिको एक मात्र बाटो हो ।’ बाइडेनले भनेका छन् । गाजामा स्थल, हवाई र समुद्री मार्गबाट अधिकतम मानवीय सहायता पुर्‍याउन अमेरिकाले अन्तर्राष्ट्रिय प्रयासलाई निरन्तरता दिने पनि उनले बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्