मधानि महोत्सवको खर्च विवरण सार्वजनिक 



काठमाडौँ । पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचीकृत गराउने गरी आयोजना गरिएको मधानि महोत्सवको खर्च विवरण सार्वजनिक  गरिएको छ । पतौरा पुरातात्त्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्‍याउने सङ्कल्प सहित मौलापुर नगरपालिकाद्वारा फाल्गुण २२ गते देखि २६ गते सम्म चलेको ५ दिवसीय मधानी महोत्सव जम्मा ७३ लाख खर्च भएको छ ।

महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरि, विश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौँ प्रसिद्ध कलाकार तथा खेलाडीहरूको सहभागिता रहेको थियो ।  बाबाधामको मुल पुजारीहरु र संस्कृत विश्व विद्यालयको आचार्यहरूले मन्दिरमा पूजा गराए साथै विशाल सङ्ख्यामा निकालिएको भगवान् शिवको बारात यात्रा र विभिन्न शिव मण्डली सहितको शिवलिला प्रदर्शन रहेको थियो ।

दुनियाँलाई तरङ्गित गर्ने यस्तो विशाल कार्यक्रम यति कम रकममा भव्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको छ । सरकारी निकायमा खर्च विवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आफैँ खर्च विवरण सार्वजनिक गर्नु आफैँमा सराहनीय एवं उदहरणीय कार्य हो । मौलापुर नगरपालिका विकास र सेवा सुविधा उदाहरण मात्र नभई पारदर्शिता, जबाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात छ ।

प्रतिक्रिया दिनुहोस्