आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको अन्तिम ८ मा



आर्सनल

काठमाडौँ । इंग्लिस क्लब आर्सनल १४ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ मा पोर्चुगिज क्लब एफसी पोर्टोलाई पेनाल्टीमा ४–२ गोलले हराउँदै आर्सनल अन्तिम ८ मा पुगेको हो।

मङ्गलवार आर्सनलले पोर्टोलाई १-० को‌ जित निकालेको थियो। घरेलु मैदान इमिरेट्समा भएको खेलको ४१ औं मिनेटमा लियान्ड्रो ट्रोसार्डले गरेको गोलमा आर्सनलले जित निकालेको थियो ।

पहिलो लेगमा पोर्टोले आर्सनललाई १-० ले हराएको थियो। समग्रमा १-१ को बराबरी पछि खेलमा‌ थप समयमा गएको थियो। तर त्यसमा निर्णय नभएपछि खेल पेनाल्टी सुट आउटमा गएको थियो। जसमा आर्सनलले बाजी मारेको थियो।

पेनाल्टीमा आर्सनलका गोलकिपर डेभिड राया नायक बने । उनले २ वटा पेनाल्टी रोक्दै टोलीको अन्तिम ८ को यात्रा निश्चित गरेका थिए। सन् २००९/१० को सिजनयता पहिलो पटक आर्सनल क्वाटरफाइनलमा पुगेको हो ।

३०औं मिनेटमा नापोलीले गोल फर्कायो । मटेयो पोलिटानोको पासमा डिफेन्डर अमिर रहमानीले गोल गर्दै नापोलीका खेलमा फर्काएका हुन् । तर ८४औं मिनेटमा सर्जी रोबर्टोको पासमा स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको जित निश्चित गरे ।

सन् २०२० मा बायर्न म्युनिखसँग ८-२ ले र २०२१ मा पिएसजीसँग पराजित हुँदै अन्तिम १६ बाट बाहिरिएको बार्सिलोना २०२२ / २०२३ मा समूह चरणबाट युरोपा लिगमा घटुवा भएको थियो । च्याम्पियन्स लिगको क्वाटफाइनल ड्र शुक्रबार हुनेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्