मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गरी ५२ लाख लुटपाट



काठमाडौँ । रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका९९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रवार गोली प्रहार भएको हो ।

शुक्रवार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जना लुटेराहरूले साहलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका थिए । लुटपाटका क्रममा साहलाई बैङ्कबाट बाहिर निकालेर उनीहरूले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार गोली साहको कान छेडेर बाहिर निस्केको छ ।

लुटपाट गर्न आएका तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरू मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। पक्राउ परेकाहरूको साथबाट हतियार समेत बरामद भएको छ ।

प्रतिक्रिया दिनुहोस्