![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/03/helicopter.png?fit=1200%2C720&ssl=1)
बाजुरा । बाजुरामा हेलिकप्टर मार्फत एक गर्भवतीको उद्धार गरिएको छ । जिल्ला अस्पतालमा उपचाररत बडीमालिका नगरपालिका–९ की २१ वर्षीया सम्झना सुनारको आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलका अनुसार गर्भवती सुनार जिल्ला अस्पतालमा सुत्केरी हुन आउनुभएको थियो । उहाँको अवस्था जटिल भएपछि थप उपचारका लागि हेलिकप्टरमा कैलालीको धनगढीस्थित प्रादेशिक अस्पताल लगिएको प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
महिला तथा बालबालिका मन्त्रालयमा पहल गरेर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती सुनारको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । यस्तै बिहीबार पनि जिल्ला अस्पतालमा शल्यक्रिया गरी शिशु जन्माउनुभएकी हिमाली गाउँपालिका–१ की २२ वर्षीया सुस्मिता खड्काको पनि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको थियो । रासस