सुरु भयो होली, वसन्तपुरमा ठड्याइयो चीर



सुरु भयो होली

काठमाडौँ । काठमाडौँको वसन्तपुरमा र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएसँगै होली सुरु भएको छ । । र‌ङ्गहरुको पर्व होली सुरु भएको हो । फागुन शुक्ल अष्टमीका दिन काठमाडौँको बसन्तपुरस्थित हनुमान ढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ ।

यही चलन  अनुसार आइतबार बिहान मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन् । साथै उनीहरूले एक अर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।

यस वर्षको होली पर्वको मुख्य दिन चैत ११ / १२ गते परेको छ । ११ गते हिमाली तथा पहाडी जिल्लामा र १२ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्