रुसी राष्ट्रपतिमा पुटिनको जित सुनिश्चित



दिमिर पुटिन

काठमाडौँ । रुसको राष्ट्रपतिमा फेरि एक पटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार  माध्यमहरुले जनाएका छन् ।रुसमा राष्ट्रपति पदका लागि गत शुक्रवार देखी आइतबारसम्म तीन दिन चुनाव भएको थियो ।

सीएनएनका अनुसार पोलस्टर पब्लिक ओपिनियन फाउन्डेसन (एफओएम)को एक एग्जिट पोलबाट पुटिनले ८७.८ प्रतिशत भोट पाउने देखिएको छ । जो रुसको सोभियत इतिहासकै सबैभन्दा ठुलो परिणाम हो ।

यसै गरी रसियन पब्लिक ओपिनियन रिसर्च सेन्टर (वीसीआईओएम)ले पनि पुटिनले ८७ प्रतिशत भोट पाएर राष्ट्रपति पदमा थप ६ वर्ष कायम रहने निश्चित रहेको जनाएको छ । यी रिसर्च सेन्टरका अघिल्ला एग्जिट पोलहरु सटिक थिए ।

प्रतिक्रिया दिनुहोस्