बैंगलोर पहिलो पटक च्याम्पियन, फाइनलमा दिल्लीलाई हराएर रच्यो इतिहास



काठमाडौँ ।  विराट कोहली, एबी डिभिलियर्स, क्रिस गेल, केएल राहुल, युवराज सिंह, जहीर खान र डेल स्टेन जस्ता विश्व क्रिकेटका दिग्गजहरूले आइपिएलको १६ सिजनमा जे गर्न सकेनन्, स्मृति मन्धानाको नेतृत्वमा रहेको रोयल च्यालेन्जर्स बैंग्लोरले दुई सिजनमा मात्रै गरे । विगत १६ वर्षदेखि फ्रेन्चाइज टी–२० लिगमा उपाधिका लागि सङ्घर्ष गरिरहेको बैंग्लोरको अन्ततः वुमन्स प्रिमियर लिगमा अन्त्य भएको छ । WPL 2024 सिजनको फाइनलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई ८ विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको थियो। WPL को दोस्रो सिजनको यस फाइनलमा बैंगलोरले शानदार पुनरागमन गर्दै दिल्लीलाई पराजित गर्दै फ्रेन्चाइजको इतिहासमा पहिलो उपाधि जितेको हो।

दिल्लीको अरुण जेटली स्टेडियममा आइतबार राति भएको फाइनलमा दुवै टोली पहिलो उपाधिका लागि भिड्दै थिए । प्रतियोगितामा दिल्ली लगातार दोस्रो पटक फाइनलमा पुगेको थियो भने बैंगलोरको यो पहिलो उपाधि खेल थियो। गत वर्ष दिल्लीले मुम्बई इन्डियन्ससँग हार बेहोरेको थियो भने यस पटक बेङ्लोरले उपाधि जित्ने सपना तोडेको थियो । विश्व क्रिकेटमा आफ्नो कप्तानीमा अष्ट्रेलियाको टोलीलाई कीर्तिमानी ५ विश्वकप जिताउने अनुभवी मेग ल्यानिङले लगातार दोस्रो पटक फाइनलमा हार बेहोरेको थियो ।

प्रतिक्रिया दिनुहोस्