प्रसाईँका सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद



काठमाडौँ । प्रहरीले राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभिानका संयोजक दुर्गा प्रसाईँका निजी सुरक्षा गार्डको साथबाट हतियार र १०० राउण्ड गोली बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले प्रसाईँका सुरक्षा गार्ड दीपक खड्कालाई राम शाहपथस्थित सर्वोच्च अदालत नजिकैबाट पक्राउ गरेका हुन् ।

प्रहरीले राजकुमार धिमाललाई पनि पक्राउ गरेको छ । खड्काको साथबाट जीएसजी ५ जर्मन सेमि अटोमेटेड हतियार बरामद गरेको प्रहरीले जनाएको छ । साथै उनको साथबाट त्यसमा लाग्ने १०० थान गोली बरामद गरिएको छ । प्रहरीले सो विषयमा अनुसन्धान गरिहरेको छ ।

प्रतिक्रिया दिनुहोस्