श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या



काठमाडौँ । मोरङको बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन् । मङ्गलवार राति करिब १ बजे बेलबारी नगरपालिका९ १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्या गरी आत्महत्या गरेका हुन् । छोरा भने भागेर बाँचेका छन् ।

राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको प्रहरीले जनाएको छ । मृतकहरू निर्मला राईको घरमा चार वर्षदेखि डेरामा बस्दै आएका थिए । मङ्गलवार राति करिब २ बजे प्रहरीलाई घटनाको जानकारी आएको थियो, लगतै पुगेको प्रहरीले गीतालाई मृत अवस्थामा फेला पारेको थियो ।

गम्भीर अवस्थामा रहेका बमबहादुरलाई उपचारका लागि नोबेल मेडिकल कलेज पठाएको थियो । अस्पताल पुगे लगतै चिकित्सकले मृत घोषित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्