विनोद चौधरीमाथि अनुसन्धान भइरहेको छ :सीआईबी



विनोद चौधरी

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सभामुखलाई पत्र लेखी नेपाली काँग्रेसका सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको छ ।

सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र पठाउँदै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको  जानकारी गराएको हो ।

‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का।जि।का।म।पा। ३ स्थित १०–०–०–० ९दस रोपनी० जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि। को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालीन सञ्चालक समितिका सदस्य सङ्घीय संसद्का माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्युरोबाट अनुसन्धान भइरहेको ब्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।

यसअघि १८ माघमा सीआईबीले बाँसबारी छाला जुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरू अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

बाँसबारी छाला जुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसद्लाई जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्