आज शुक्र प्रदोष व्रत, भगवान् शिवले वरदान दिने



काठमाडौँ । प्रदोष व्रत शुक्ल पक्ष र कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइन्छ। आज चैत महिनाको दोस्रो प्रदोष व्रत परेको छ । शुक्रवारको दिन प्रदोष व्रत परेपछि यसलाई शुक्र प्रदोष व्रत भनिन्छ, त्यसैले आजको व्रतलाई शुक्र प्रदोष व्रत भनिन्छ । यो व्रत सम्पूर्ण शिव परिवारको आशीर्वाद प्राप्त गर्न मनाइन्छ। त्यसैले यस दिन भगवान् शिव र माता पार्वती वा सम्पूर्ण शिव परिवारको पूजा गरी व्रत बस्ने गरिन्छ ।

यस दिन प्रदोष व्रतको कथा पठन वा श्रवण गर्नाले महान् मानिने विश्वास अनुसार यस व्रतको कथा पढ्दा वा सुन्दा व्रत पूर्ण हुने मानिन्छ र यसका साथै शुभ फल प्राप्त हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्