नेपाल भारत सांस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रमको आयोजना



काठमाडौँ । भारत–नेपाल सांस्कृतिक सम्बन्ध मनाउन होलीको पूर्वसन्ध्यामा पोखरामा ओडिसी नृत्य कार्यक्रमको आयोजना गरिएको छ । भारत र नेपालको समृद्ध सांस्कृतिक सम्पदा मनाउन पोखरामा भारतीय शास्त्रीय ओडिसी नृत्य र नेपाली लोक नृत्य प्रस्तुत गर्दै एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द साँस्कतिक केन्द्र, नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्ले उक्त कार्यक्रमको आयोजना गरेको हो ।  उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मुख्यमन्त्री श्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिको रूपमा उपस्थिति रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकार र कास्की स्थानीय सरकारका विशिष्ट व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो ।

मुख्यमन्त्री पाण्डेले नेपाल र भारतबिच धेरै सांस्कृतिक समानता रहेको र यस कार्यक्रमले दुई देशको विविधतालाई देखाउन मद्दत गरेको उल्लेख गरे । भारतीय राजदूतावासका प्रथम सचिव अविनाश सिंहले भारत र नेपालबिचको सदियौँ पुरानो सांस्कृतिक सम्बन्ध बारे बताउँदै पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेकोमा स्वागत गरे ।

श्रितकमला, सखी हे, दशावतार र वसन्त बहार वसन्तको रङ्ग प्रस्तुत गर्दै भारतीय शास्त्रीय नृत्यको कठिन चाल तथा भावभङ्गीमा ओडिसी नृत्यमार्फत कार्यक्रममा देखाइएको थियो । लाखे नृत्यसँगै नेपाली लोक नृत्यको नेतृत्व निश्कल उदासले गरेका थिए । उनलाई  सङ्गीतकार निशान श्रेष्ठ, विशेष ताम्राकार, सम्बोधी उदास, सम्राट भारी र आयुष श्रेष्ठले साथ दिएका थिए ।

बाराही घाट लेकसाइड पोखरामा आयोजित उक्त कार्यक्रममा ५०० भन्दा बढी मानिसको उपस्थिति थियो । काकली बोसको नेतृत्वमा रहेको ओडिसी नृत्य टोलीले २०८० चैत्र ९ गते काठमाडौँमा आफ्नो प्रस्तुति प्रस्तुत गरेको थियो । यस कार्यक्रमपश्चात् टोलीले चैत्र ११ गते लुम्बिनी, चैत्र १३ गते वीरगन्ज र चैत्र १४ गते धरानमा प्रस्तुति दिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्