हैदरावादमाथि कोलकाताको रोमाञ्चक जित



काठमाडौँ। कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)सनराइजर्स हैदरावादमाथि जित हासिल गरेको छ। शनिबार राति सम्पन्न खेलमा कोलकाताले हैदरावादलाई ४ रनले हराएको हो ।

कोलकाताले दिएको २०९ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०४ रन मात्रै बनाउन सक्यो।  जितका लागि हैदरावादलाई अन्तिम ६ बलमा १३ रन चाहिएको थियो। उक्त समय हाइनरिक क्लासन शाहबाज अहमद कृजमा थिए।

हर्षित रानाको पहिलो बलमा क्लासनले डीप स्क्वायर लेगमा छक्का प्रहार गरे। दोस्रो बलमा हर्षितले क्लासनलाई १ रनमात्रै दिए। तेस्रो बलमा भने हर्षिते अहमदलाई कप्तान श्रेयस आय्यरबाट क्याच आउट गराए।

गुड लेन्थमा आएको बललाई उठाएर खेल्ने प्रयास गर्दा उनले लेग अनमा श्रेयसलाई क्याच दिन पुगेका थिए। त्यहाँबाट खेल टर्न भएको थियो।

त्यसपछि क्रिजमा मार्को जोन्सन आएका थिए। उनलाई हर्षितले १ रनमात्रै दिए।  पाँचौँ बलमा भने हर्षितले २९ बलमा ८ छक्कासहित ६३ रन बनाएर आक्रामक खेलिरहेका क्यालसनलाई शर्ट थर्डमा सुयशबाट क्याच आउट गराए।

अन्तिम बलमा हैदरावादलाई ४ रन चाहिएको थियो। तर, हर्षितले कप्तान प्याट कमिन्सलाई कुनै रन दिएनन्।  हैदरावादका इन्फ्याक्ट प्लेअर अभिषेक शर्मा र ओपनर मयंक अग्रवालले ३२/३२ रन बनाए। राहुल त्रिपाठी २०, एडम मारक्रम १८, शाहबाज अहमद १६ रनमा आउट हुँदा अब्दुल समदले १५ रनको योगदान दिए।

हर्षित रानाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३३ रन खर्चिए। आन्द्रे रसेलले २ विकेट लिँदा वरुण चक्रवर्ती र सुनील नारायणक नाममा १र१ विकेट रह्यो।

त्यसअघि ईडन गार्डनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०८ रन बनाएको थियो।

कोलकाताका आन्द्रे रसेलले अविजित रहँदै सर्वाधिक ६४ रन बनाए। उनले २५ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। ओपनर फिल साल्टले ४० बलमा ३ चौका र ३ छक्कासहित ५४ रन बनाउँदा रमनदीप सिंह ३५ र रिन्कु सिंह २३ रनमा आउट भए।

कोलकाताका अन्य ब्याटरले भने खुलेर खेल्न सकेनन्। हैदरावादका थंथारसु नटराजनले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिए। मयंक मार्कन्डेले २ विकेट लिँदा प्याट कमिन्सको नाममा १ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्