मस्कोमा आतङ्क मच्चाउने ४ आतङ्ककारी पक्राउ परे, १३३ मारिए



काठमाडौँ । रुसको राजधानी मस्को नजिकैको कन्सर्ट हलमा शुक्रवार भएको आतङ्कवादी हमलाबारे राष्ट्रपति भ्लादिमिर पुटिनको भनाइ बाहिर आएको छ । पुटिनले मस्कोको एक खचाखच कन्सर्ट हलमा आतङ्कवादी हमला गर्ने चारै जना आतङ्ककारीलाई पक्राउ गरिएको बताए । पुटिनले यो आक्रमणलाई युक्रेनसँग पनि जोड्दै चार आतङ्ककारी युक्रेनतर्फ भाग्न खोजेको बताए ।

कुल ११ जनालाई हिरासतमा लिइएको छ र यस आक्रमणमा प्रत्यक्ष रूपमा संलग्न चार आतङ्ककारी युक्रेन जाने क्रममा पक्राउ परेका छन्। बन्दुकधारीहरूले मस्को नजिकैको कन्सर्ट हलमा भएको कन्सर्टमा गोली चलाउँदा कम्तीमा १३३ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए।

पुटिनले युक्रेनसँग सम्बन्ध जोडेका थिए

इस्लामिक स्टेट (आईएस) समूहले यो आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ । शनिवार, आईएस च्यानल अमाकले टेलिग्राममा चार मुखौटा लगाएका व्यक्तिहरूको तस्बिर पोस्ट गर्‍यो, जसमा उनीहरू, अर्थात् आईएस, यस हमलामा संलग्न रहेको दाबी गर्‍यो। तर, रुसले आईएसको यो दाबीमा कुनै प्रतिक्रिया दिएको छैन । पुटिनले आक्रमणको कडा निन्दा गर्दै यो रुसमा विगत २० वर्षमा भएको सबैभन्दा नराम्रो हमला भएको बताए ।पुतिनले आक्रमणकारीहरूले युक्रेनतर्फ भाग्ने प्रयास गरेको बताए । किभले आक्रमणमा कुनै पनि हिसाबले संलग्न भएको दाबीलाई ‘बेतुका’भनी अस्वीकार गर्‍यो।

अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्ले यस महिनाको सुरुमा मस्कोमा कन्सर्टलगायत भीडभाड हुने ठाउँमा सम्भावित आक्रमणको बारेमा रुसलाई चेतावनी दिएको बताएको थियो। शनिवार, ह्वाइट हाउसले आक्रमणको निन्दा गरेको र (आईएस) इस्लामिक स्टेट एक साझा आतङ्कवादी शत्रु हो जसलाई सँगै परास्त गर्नुपर्ने बताएको छ। शुक्रवार साँझ मस्कोको क्रोकस सिटी हल भित्र गम्भीर हमला भएको खबर आएको थियो ।गोली चलाएको ठाउँमा ६,२०० भन्दा बढी मानिसहरू भेला भएका थिए ।

प्रतिक्रिया दिनुहोस्