होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको मृत्यु



 काठमाडौँ । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबिच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबिच झडप भएको हो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पुजन राई रहेका प्रहरीले जनाएको छ । पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ ।

ग्याङ फाइट हुँदा दुई जनाको मृत्यु भइसकेपछि प्रहरीले खबर पाएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ । घटनास्थलबाट धारिलो हतियार पनि बरामद गरिएको छ ।
घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्