श्रीलङ्कासँग भुटान पराजित



काठमाडौँ। श्रीलङ्काले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भुटानलाई पराजित गरेको छ। रेस कोर्स अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा घरेलु टोली श्रीलङ्काले भुटानलाई २–० गोल अन्तरले पराजित गरेको हो।

श्रीलङ्काको जितमा डिलोन डा सिल्भा र ओलिभर केलार्ट्सले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा रोकेको भुटानले दुवै गोल दोस्रो हाफमा खाएको हो। दोस्रो हाफको शुरूआतमा सिल्भाले गोल गर्दै श्रीलङ्कालाई अग्रता दिलाए।

त्यसको १० मिनेटमै ओलिभरले श्रीलङ्काका लागि दोस्रो गोल गरे। त्यसपछि दुवै टोलीबाट केही प्रयास भए पनि गोलमा परिणत हुन सकेन।

प्रतिक्रिया दिनुहोस्