स्लोभेनियासँग पोर्चुगल स्तब्ध



पोर्चुगल

काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो ।

घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो ।

स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली पोर्चुगलले बल पोसेसन राख्दै घरेलु टोलीमाथि लगातार दवाव बढाएपनि गोल भने गर्न सकेन । पोर्चुगलले स्लोभेनियाको बलियो रक्षापङ्ति तोड्न सकेन । स्लोभेनियाले काउन्टर अट्याकमा मुभ बनाएर गोल गर्दै जित निकाल्न सफल भयो ।

७२औं मिनेटमा एडमले गोल गर्दै घरेलु टोली स्लोभेनियालाई १–० को अग्रता दिलाए । त्यसको ९ मिनेटपछि टिमी एल्सनेकले गोल गर्दै पोर्चुगलाई स्तब्ध पारे ।

स्लोभेनियासँगको हारसँगै पोर्चुगलको ११ खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ । फिफा विश्वकप २०२२ मा मोरोक्कोसँग १–० ले पराजित भएयता पोर्चुगल ११ खेलसम्म अपराजित रहेको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्