सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, प्रतितोलामा एक लाख ३० हजार पुग्यो 



काठमाडौँ । सुनको मूल्य आजसम्मकै ऐतिहासिक बिन्दुमा पुगेको छ। आज  नेपाली बजारमा २ हजार १०० रुपैयाँ बढेसँगै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। यसअघि बिहीबार १ लाख २७ हजार ९०० रुपैयाँ पुगेर सुनको मूल्य रेकर्ड कायम गरेको थियो। उक्त रेकर्ड आज तोडिएको छ । आज छापावाल सुन तोलामा १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदी १ हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस सुन २ हजार २३२ दशमलव ७५ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २४ दशमलव ९५ डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्