नेपाल ‘ए’ले आयरल्यान्ड पहिला फिल्डिङ गर्ने 



nepal

काठमाडौँ । नेपाल ए ले पहिलो टी–२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ रोजेको छ ।  त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ए बिच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।

बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो । नेपाल ए र आयरल्यान्ड ए बिच तीन टी–२० खेल शुक्रवार, शनिवार र सोमबार हुनेछ । त्यस्तै तीन एक दिवसीय खेल चैत २१ (बुधवार), चैत २३ (शुक्रवार) र चैत २५ गते (आइतबार) हुनेछ ।

नेपालको प्लेइङ ११ मा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी रहेका छन् ।  बेन्चमा पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री रहेका छन् ।

आयरल्यान्ड ए को प्लेइङ ११ मा निल रक (कप्तान), पिटर मुर, रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, म्याथ्यु फस्टर, फिन हृयान्ड, गेभिन होई, म्याथ्यू हम्फ्रेज, थोसम मेयस र लियाम म्याककार्थी रहेका छन् । बेन्चमा लियाम म्याककार्थी, जेम्श म्याकुलम, मोर्गन टोप्पिङ र बेन ह्वाइट ।

प्रतिक्रिया दिनुहोस्