त्रिशूली नदीमा ट्याक्सी खस्यो, ५ जनाको मृत्यु



काठमाडौँ । त्रिशूली नदीमा  ट्याक्सी खस्दा ५ जनाको मृत्यु भएको छ। काठमाडौँबाट गोरखातर्फ  जाँदै गरेको ट्याक्सी त्रिशूलीमा नदीमा खस्दा पाँच जनाको   ज्यान गएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका रहेका प्रहरीले जनाएको छ । मृतकहरूको परिचय हालसम्म नखुलेको र  ट्याक्सीमा कति यात्री सवार थिए भन्ने पनि यकिन नभएको प्रहरीले जनाएको छ।

शनिवार बिहान ७:१५ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा२ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्