त्रिभुवन विश्वविद्यालयले स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा छाप्ने



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (टियु)ले स्नातक तहका प्रश्न पत्रहरू अङ्ग्रेजी र नेपाली दुवै भाषामा छाप्ने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले स्नातक तहका सबै संकायका प्रश्न पत्रहरूमा नेपाली र अङ्ग्रेजी भाषा अनिवार्य रूपमा राख्ने निर्णय गरेको हो।

त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा नेपाली र अङ्ग्रेजी भाषा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्