आज रंगपञ्चमीको पर्व 



काठमाडौँ । प्रत्येक वर्ष होलीको पाँच दिनपछि आज अर्थात् चैत्र महिनाको कृष्ण पक्षको पञ्चमी तिथिमा रंगपञ्चमी पर्व मनाइन्छ। रंगपञ्चमीका दिन देवीदेवतासँग होली खेल्ने चलन छ । यस दिन देवी देवताको पूजा–आराधना गरी गुलाल चढाउँदा भक्तजनले शुभ फल प्राप्त गर्नुका साथै जीवनका सबै दुःखबाट मुक्ति प्राप्त गर्ने जनविश्वास रहेको छ ।

पौराणिक कथा अनुसार एक पटक भगवान् शिव ध्यानमा मग्न हुँदा कामदेवले भगवान् शिवको ध्यानमा बाधा पु¥याउने प्रयास गरे । त्यसपछि भगवान् शिव निकै क्रोधित भए र आफ्नो क्रोधमा उनले कामदेवलाई जलाएर खरानी बनाए । त्यसपछि कामदेवकी पत्नी देवी रतिले शोक मनाउँदै पति कामदेवलाई जीवन प्रदान गर्नका लागि अन्य देवताहरूसँग भगवान् शिवसँग बारम्बार प्रार्थना गरिन्।

तब भगवान् शिव प्रसन्न भए र कामदेवलाई पुनर्जीवित गर्ने आश्वासन दिए। कामदेव फेरि जीवित भएको खबरले सबै देवताहरू निकै खुसी भए र हर्षोल्लासका साथ रङ्ग उत्सव मनाए, त्यस बेलादेखि नै रंगपञ्चमी पर्व मनाउने चलन छ । रंगपञ्चमीका दिन देवता देवता पृथ्वीमा आएर रङ, गुलाल र अबिरले होली खेल्ने मान्यता छ । अर्कोतर्फ रङपञ्चमीका दिन भगवान् श्रीकृष्ण र राधा रानीले एक अर्कालाई रङ लगाएर होली खेलेको जनविश्वास पनि छ ।

प्रतिक्रिया दिनुहोस्