पोखरामा बस दुर्घटना, तस्बिर भाइरल



काठमाडौँ । पोखराको लेखनाथ अर्चलेमा बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् । उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै छ । बसमा चालक र सहचालक मात्र रहेका प्रहरीले जनाएको छ ।

बस दुर्घटना भएको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

प्रतिक्रिया दिनुहोस्