नयाँ वर्षको उपलक्ष्यमा रामेछापकाे भुजीमा महिला भलिबल प्रतियोगिता हुँदै



रामेछाप । २०८१ काे आगमन सँगै उमाकुण्ड ७ मा अन्तरगाउँपालिका महिला भलिबल प्रतियोगिता हुनेभएको छ । वडा कार्यालय उमाकुण्ड ७ काे प्रायाेजन तथा वडा खेलकुद विकास समिति उमाकुण्ड-७ भुजीकाे आयाेजनामा सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगिताको चैत्र २६ गते बेलुकी ५ बजेसम्म टिम दर्ता खुला गरिएको छ भने चैत्र २७ गते बेलुकी ५ बजे प्रतियोगिताको टाइसिट सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । प्रतियोगिता चैत २८ गतेदेखि ३० गतेसम्म हुने आयोजकले जनाएको छ । यस्तै, खेल १२ टिम सम्म भएमा लिगकम नकआउट र साे भन्दा माथि भएमा नकआउट चरणमा हुनेछ । प्रत्येक खेलाडीले नागरिकताकाे फाेटाेकपी वा स्थाई ठेगाना खुल्ने जन्मदर्ता, वा मतदाता परिचयपत्र अनिवार्य ल्याउनुपर्ने छ । एक टिमभित्र एक पालिका भन्दा बाहिरकाे महिला खेलाडी समाबेश गराउन पाइनेछैन भने खेलाडीले खान र बस्नकाे व्यवस्था आफै गर्नुपर्ने छ । प्रतियोगितामा प्रथम हुने टोलीले ६० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितीय टोलीले ४० हजार नगद साथै ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त प्राप्त गर्ने छन् । यस्तै, तृतीय विजेता टोलीले २० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने सान्त्वनाले १० हजार नगद पाउने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्राे, उत्कृष्ट सेटर र उत्कृष्ट बलरलाई पनि पुरस्कृत गरिनेछ । खेल उमाकुण्ड- ७, वडा कार्यालयको प्राङ्गाणमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्