यस्तो रहने छ नयाँ वर्षको सुरुका दिनहरूको मौसम 



काठमाडौँ । कोशी, बागमती र मधेश  प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया आंशिक देखी सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

शनिवार दिउँसो सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र कर्णाली  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी र कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी  पहाडी भू-भागको एक-दुई स्थानहरूमा  हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र  कर्णाली प्रदेशको पहाडी भू-भागका  एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागको थोरै स्थानहरू र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।  देशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राती लुम्बिनी, कर्णाली र सुदूरपश्चिम  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने छ।कर्णाली प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा र कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागको  एक-दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

चेतावनी तथा परामर्श 

कोशी प्रदेश लगायत देशका पहाडी भू-भागको थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको थोरै स्थानहरू साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ  साथै कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागमा मध्यान्न पछि हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्