सलमान खानको घर बाहिर गोली चल्यो



काठमाडौँ । मुम्बई प्रहरीले आइतबार बिहान करिब ५ बजे बान्द्रामा अभिनेता सलमान खानको घर बाहिर दुई अज्ञात व्यक्तिले गोली चलाएको बताएको छ ।  घटनापछि मुम्बई प्रहरीको अपराध शाखा घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले तीन राउण्ड फायरिङ भएको जानकारी पाएको थियो। सलमान खानको घरबाहिर प्रहरी र फोरेन्सिक विभागको टोली उपस्थित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्