भारतीय सेनाका लेफ्टिनेन्ट र जनरलले नेपाल भ्रमणमा के-के गरे ?



लेफ्टिनेन्ट,जनरल

काठमाडौँ । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स, को नेपाल  भ्रमण पुरा भएको छ ।

भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स नेपालको औपचारिक भ्रमणका लागि मिति २०८० चैत्र २६ गते काठमाडौँ आइपुगेका थिए । उनलाई स्वागत गर्न नेपालका लागि भारतीय रक्षा सहचरी कर्णनेल अमित कुमार शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

आफ्नो पाँच दिने भ्रमणका दौरान लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय गोर्खा सैनिक निवास, पेन्सन भुक्तानी कार्यालय, पोखरा र पेन्सन भुक्तानी कार्यालय, धरानको भ्रमण गरे ।  साथै काठमाडौँ, पोखरा र धरानमा नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा सैनिक सम्मिलत र्‍यालीलाई सम्बोधन गरे । उनले गोर्खा सैनिकको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति देखाएको समर्पित भावको कदर गरे । भूतपूर्व वीर गोर्खा सैनिकको अमूल्य त्याग एवम् बलिदानीको स्मरण गर्दै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले गोर्खा सैनिकको कल्याणका लागि असम राइफल्स, भारतीय सेना तथा भारत सरकार सदैव प्रतिबद्ध रहने कुरा बताए।

लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले काठमाडौँस्थित भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत महामहिम नवीन श्रीवास्तवसँग भेटवार्ता गरे । उनले नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासँग शिष्टाचार भेटवार्ता गरे । उनले दुई देशको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न भारतीय राजदूतावासका रक्षा प्रभागका कर्मचारीले खेल्दै आएको कुशल व्यावसायिक भूमिकाको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस्