मुम्बईमाथि चेन्नईको जित



काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार मुम्बई इन्डियन्समाथि सानदार जित निकालेको छ । चेन्नईले मुम्बईलाई २० रनले हराएको हो । २ सय ७ रनको लक्ष्यको पछ्याएको मुम्बईले नटआउट रोहित शर्माको शतकका बाबजुद २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८६ रन मात्र बनाउन सक्यो । रोहित र इशान शर्माले पहिलो विकेटका लागि ७.१ ओभरमा ७० रन जोड्दै दमदार सुरुवात दिलाएका थिए ।

इशान २३ रन बनाएर आउट भएपछि मुम्बईको लय बिग्रिएको थियो । सूर्यकुमार यादवले खाता खोल्न सकेनन् भने तिलक वर्माले ३१ रन जोड्दै टोलाई केही आशा दिलाए । तर, अन्य खेलाडीबाट रोहितले राम्रो साथ पाउन नसक्नेपछि मुम्बई जितबाट विमुख भएको थियो ।

टिम डेभिडले १३ रन जाडे । रोहितले ६३ बलमा ५ छक्का र ११ चौकासहित नटआउट १ सय ५ रन बनाए । चेन्नईका मतिशा पाथिरानाले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । तुसार देशपाण्डे र मुस्ताफिजुर रहमाले समान १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षेतिमा २ सय ६ रन बनाएको थियो । कप्तान गायकवाड र शिभम दुबेले अर्धशतक बनाए । रितुराजले ४० बलमा समान ५ चौका र छक्कामा ६९ रन बनाए ।

३८ बल खेलेका शिभमले १० चौका र २ चौकासहित ६६ रन जोडे । महेन्द्रसिंह धोनीले ४ बलमा ६ छक्कासहित २० रन बनाउँदै टोलीको स्कोर बढाए । रचिन रविन्द्रले २१ र र्डेल मिचेलले १७ रन बनाए ।

मुम्बईका लागि हार्दिक पाण्ड्याले २, गेर्राड कोट्जी र श्रेयस गोपालले समान १ विकेट लिएका थिए । पाँचौँ खेलमा चौथो खेल जितेको चेन्नई ८ अङ्कसहित दोस्रो स्थानमा छ । छैटौँ खेलमा चौथो हार बेहोरेको मुम्बई ४ अङ्कसहित आठौँ स्थानमा छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्