मकै बालीमा पानी लगाउन गएका जसपाका पूर्व सांसद साह कुटिए 



काठमाडौँ । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) का पूर्व सांसद प्रमोद साहमाथि आक्रमण भएको छ । आइतबार राति सर्लाहीको हरिपुर नगरपालिका–६ मा उनीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट साहको टाउकामा चोट लागेको प्रहरीले जनाएको छ । राति १२ बजेतिर मकै बालीमा पानी लगाएर घर फर्किँदै गरेका बेला उनीमाथि आक्रमण भएको पाइएको प्रहरीले जनाएको छ ।

सुरुमा पूर्व सांसद साहका कामदार राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । पछि पूर्व सांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ । आक्रमणमा परेर रवि पासवान र निकेश साह घाइते भएका छन् । आक्रमणबाट घाइते भएका साहको हरिपुरकै अमृत हेल्थकेयरमा प्रारम्भिक उपचार भएको थियो । साहलाई थप उपचारका लागि काठमाडौँ  तयारी रहेको छ । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी छन् ।

प्रतिक्रिया दिनुहोस्