नेपालले टस जित्यो, खेल १८ ओभरको हुने



cricket

काठमाडौँ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपाल र हङकङ खेल्दैछन् । वर्षाका कारण १८ ओभरको खेल १२:४५ बजे सुरु हुनेछ ।नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ । पछिल्लो खेलबाट विवेक यादवको स्थानमा करण केसी टोलीमा आएका छन् । नेपालले आजको खेल जिते समूह विजेताको रूपमा सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

नेपालको प्लेइङ :११ मा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, अभिनाश बोहोरा रहेका छन् । बेन्चमा प्रतिश जिसी, अनिल शाह, विवेक यादव रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्