आईपीएलमा कीर्तिमान बनाउँदै मुम्बई इन्डियन्स विरुद्ध हैदराबाद विजयी



काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)जारी संस्करणमा नै इतिहासको सर्वाधिक योगफल बनाएर सनराइजर्स हैदराबादले कीर्तिमान सुधारेको छ । मार्च २७ मा मुम्बई इन्डियन्स विरुद्ध २ सय ७७ रन बनाएको हैदराबादले आज रोयल च्यालेन्जर्स बेंगलुरु विरुद्ध २ सय ८७ रन बनाउन सफल भयो ।

यो संस्करण अघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो । तर सो किर्तिमान यो संस्करणमा तीन पटक तोडिएको छ । हैदराबादले २ पटक कीर्तिमान बनाउनु बाहेक यो सिजन कोलकत्ता नाइट राइडर्सले दिल्ली क्यापिटल्स विरुद्ध २ सय ७२ रन बनाएको थियो ।

हैदराबादले २० ओभरमा ३ विकेट मात्र गुमाएर सो योगफल खडा गरेको थियो । हैदराबादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए । ३९ बलमा शतक पुरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए ।

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए । अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै बनाए । अभिसेख शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे ।

बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्लि १ विकेट लिए । जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन बनाउन सक्यो । बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाएपनि जित तर्फ डोहोर्याउन सकेनन् ।

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए । विराट कोहलीले २० बलमा ४२ बनाए । अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे । जित पछि हैदराबाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ । बेंगलुरु भने ७ खेलमा १ जित सहित पुछारमा यथावत छ ।

आईपिएलमा मंगलबार हुने खेलमा कोलकत्ता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्