ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



मोरङ  । मोरङमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु  भएको छ । विराटनगर महानगरपालिका-१४ स्थित सडकमा को.२ त ५५४६ नम्बरको ट्याक्टरले को.२६ प ९८५१ नम्बरको मोटरसाइकललाई मङ्गलवार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक विराटनगर महानगरपालिका-१४ बस्ने ४५ वर्षीय उत्तिमलाल यादवको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सप्तकोसी अस्पतालमा विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्