झापामा दुवै दारा काटिएको मृत हात्ती फेला



काठमाडौँ । झापामा दुवै दारा काटिएको अवस्थामा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । मेचीनगर नगरपालिका– १२ स्थित कालीका सामुदायिक वनभित्र मङ्गलवार बेलुका साढे ४ बजेको समयमा हात्ती मृत भेटिएको हो । स्थानीयले हात्ती मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि प्रहरी र वन कर्मचारीको टोली घटनास्थल पुगेको थियो । हात्तीको अवस्था हेर्दा अन्दाजी ३० घण्टा अगाडि मारिएको हुनसक्ने अनुमान गरिएको छ । दारा काटिएको अवस्थामा हात्तीको अवस्था पाइएकोले घटनाको विस्तृत विवरण पोस्टमार्टम गरेपछि मात्र खुल्ने छ ।

मृत हात्तीलाई सुरक्षा दिन प्रहरी र वन कर्मचारी खटाइसकेको छ । यो सँगै जिल्लामा २०६२ यता २० वटा हात्ती मरेको अवस्थामा भेटिएको पाइएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्