पिचमा समस्याका कारण टसमा ढिलाइ



मस्कट । एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ हुने भएको छ । नेपाली समय अनुसार ११:१५ बजे हुनुपर्ने टस पिचमा समस्या आएका कारण टस अहिलेसम्म पनि हुन सकेको छैन ।

नेपालले समूह विजेता बन्दै सेमीफाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । हिजो भएको खेलमा कतारले साउदी अरब माथि जित दर्ता गरेसँगै नेपाल समूहमा शीर्ष स्थानमा रहने पक्का भएको थियो । त्यस कारण नेपालले आज केही खेलाडीलाई विश्राम दिने अनुमान गर्न सकिन्छ ।

नेपाल रहेको समूह ए मा कतार ४ खेलमा ४ अङ्क सहित स्थानमा दोस्रो स्थानमा छ। नेपाल ३ खेलमा ६ अङ्क सहित शीर्ष स्थानमा हुनुका साथै सेमिफाइनलमा पुगिसकेको छ । क्रमशस् तेस्रो, चौथो र पुछारमा रहेका साउदी अरब, मलेसिया र हङकङको समान २ अङ्कमा छन् ।

सोही समयमा मलेसियाले हंङकङ विरुद्ध खेल्न बाँकी रहेको छ ।दोस्रो स्थानमा रहेर अन्तिम ४ मा पुग्ने टोलीको छिनोफानो रन रेटका आधारमा हुने भएको छ । कुनै पनि टोलीले ६ अङ्क बनाउन नसक्ने भएपछि नेपाल समूह विजेता बनिसकेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्