“नेपाली टाइगर” दीपेन्द्र आइसीसी टि-२० अल-राउण्डर वरियतामा ११औँ स्थानमा



दीपेन्द्र सिंह ऐरी

काठमाडौँ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका अल-राउण्डर दीपेन्द्र सिंह ऐरीले आइसीसी टि-२० अल-राउण्डर वरियतामा सुधार गरेका छन् । दीपेन्द्रले १४ स्थान सुधार गर्दै वरियतामा ११औँ स्थानमा पुगेका छन् ।

दीपेन्द्र आईसीसी टी–२० को अलराउन्डर वरियतामा एसोसिएट अलराउन्डरको शीर्ष स्थानमा समेत पुगेका छन् । एसोसिएट राष्ट्र मध्य नामिबियाका जेरार्ड एरास्मस १३औँ स्थानमा छन् ।

यसअघि उनी वरियतामा २५औँ स्थानमा रहेका थिए । ओमानमा जारी एसीसी प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गरिरहेका दीपेन्द्रले पहिलो दुई खेलमा प्लेयर अफ द म्याच समेत जितेका थिए ।

अर्का अल९राउण्डर कुशल मल्ल ५ स्थान सुधार गर्दै २७औँ स्थानमा पुगेका छन् । कप्तान रोहित पौडेल ६ स्थान तल झर्दै ६२औँ स्थानमा पुगेका छन् भने गुलशन झा ६८औँ स्थानमा छन् । करण केसी ८०औँ स्थानमा रहेका छन् ।

टि-२० ब्याटर वरियता तर्फ कप्तान रोहित पौडेल ५३औँ स्थानमा रहेका छन् । १६ स्थान सुधार गर्दै दीपेन्द्र ६१औँ स्थानमा रहेका छन् । यस्तै ओपनर आसिफ शेख ३६ स्थान सुधार गर्दै ब्याटर वरियतामा ७५औँ स्थानमा पुगेका छन् । कुशल मल्ल ९ स्थान सुधार गर्दै १००औँ स्थानमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्