सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा



काठमाडौँ । साबिक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो ।

त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम १–१ को बराबरी टुङ्गिएको थियो । समग्रमा ४–४ बराबरी भएपछि टाइब्रेकरमा गएको थियो । रियलको मैदानमा भएको पहिलो लेग ३–३ को बराबरीमा टुङ्गिएको थियो ।दोस्रो हाफमा केभिन डि ब्रएनाको बराबरी गोलमा सिटी खेलमा फर्केको थियो । डि ब्रुएनाले ७६ औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि रियलले रोड्रिगोको गोलमा अग्रता लिएको थियो । उनले १२ औं मिनेटमा गोल गरेका थिए । भिनिसियसको क्रसमा रोड्रिगोले प्रहार गरेको बललाई सिटीका गोलकिपरले रोकेपनि पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन् । त्यही रिबाउन्डमा रोड्रिगोलले गोल गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्