जनकपुरमा जलिरहेको युवतीको शव बरामद



काठमाडौँ । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो ।

पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामग गरेको हो । शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको डीएसपी अवाले बताए । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । उनको हत्या गरेर शव जलाएको हुन सक्ने आशंका प्रहरीको छ ।

प्रतिक्रिया दिनुहोस्