नेपालले युएईलाई दियो १२० रनको सामान्य लक्ष्य



काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को पहिलो सेमिफाइनल खेलमा नेपालले युएईलाई १२० रनको सामान्य लक्ष्य दिएको छ ।
टस हारेर नेपालले पहिले ब्याटिङ गरेकोमा ९ विकेटको क्षतिमा ११९ रन  मात्रै बनाउन सकेको हो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । उनले ४ चौका र २ छक्काको मद्दतमा ५० रन बनाए । नेपाल समूह ‘ए’ बाट ४ खेलमा ८ अङ्कका साथ शीर्ष स्थानमा तथा युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्