तेस्रो स्थानका लागि आज नेपालले हङकङसँग खेल्दै 



काठमाडौँ । एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज  शनिवार नेपालले हङकङसँग भिड्दै छ। अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) ओमानमा खेल अपरान्ह्र ४:१५ बजेबाट शुरू हुने छ। शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा ओमानले हङकङलाई ५ विकेटले पराजित गरेसँगै तेस्रो स्थानका लागि खेल्ने दुई टोलीको टुंगो लागेको हो।

शुक्रवार सम्पन्न पहिलो सेमिफाइनलमा नेपाललाई ६ विकेटले पराजित गर्दै यूएई फाइनलमा पुगिसकेको छ। प्रिमियर कपको विजेता, उपविजेता र तेस्रो हुने टोलीले एसीसी इमर्जिङ कप खेल्ने छन्। फाइनल पुगेसँगै यूएई र ओमानले इमर्जिङ कपमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रिमियर कप जित्ने टोलीले एशिया कपमा स्थान बनाउने छ।

प्रतिक्रिया दिनुहोस्