गुजरातद्वारा पञ्जाब पराजित



काठमाडौँ । इंडियन प्रिमियर लिग ९आइपिएल० मा आइतबारको दोस्रो खेलमा गुजरात टाईटन्स विजयी भएको छ । गुजरातले पञ्जाब किंग्स माथि ३ विकेटको जित दर्ता गरेको हो । पञ्जाबले दिएको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल बाँकी रहँदा ७ विकेट गुमाएर भेट्टायो । गुजरातको जितमा राहुल तेवाटियाले सर्वाधिक ३६ रन बनाउँदै नटआउट रहे ।

यस्तै कप्तान शुभमन गिलले ३५ रन बनाए भने साई सुदर्शनले ३१ रन जोडे । रिद्धिमान शाह र अजमतुल्लाह ओमारजाईले समान १३ रन जोडे । पञ्जाबका लागि हर्शल पटेलले ३, लियम लिभिंगस्टनले २ विकेट लिए । अर्शदिप सिंह र स्याम करनले १-१ विकेट लिए ।

त्यसअघि मुल्लानपूरमा टस जितेर ब्याटिङ गरेको पञ्जाब २० ओभरमा १ सय ४२ रनमा समेटियो । पञ्जाबका प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाउँदा हरप्रित ब्रारले २९ रन जोडे । यस्तै स्याम करनले २० तथा हरप्रित सिंहले १४ रन बनाए ।

गुजरातका साई किशोरले ५ विकेट लिए । मोहित शर्मा र नूर अहमदले २-२ र रशिद खानले १ विकेट लिए । जितपछि गुजरात ८ खेलमा ८ अंक सहित छैटौं र पन्जाब खेलमा ४ अंक सहित नवौं स्थानमा छ। आइपिएलमा सोमबार हुने एकमात्र खेलमा राजस्थान रोयल्स र मुम्बई इंडियन भिड्ने छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्