गोरखामा पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालियो



गोरखा । गोरखा नगरपालिका–३, नारेश्वरका ५७ वर्षीय एक पुरुषको मलद्वारमा अड्किएको बोत्तल एक महिनापछि निकालिएको छ । आइतबार गोरखा अस्पतालमा शल्यक्रिया गरेर मलद्वारबाट बोत्तल निकालिएको हो ।

उनको मलद्वारमा एक महिनाअघि देखि किटनाशक औषधीको मेटलको बोत्तल अड्किएको थियो । उनी अलि सिरियस भएपछि आज अस्पताल ल्याइएको  थियो। करिब ३ घण्टाको अप्रेशन पश्चात् बोत्तल निकालिएको हो ।

ती पुरुषको मलद्वारबाट १० सेन्टिमिटर लामो र ७.५ सेन्टिमिटर चौडाइको बोत्तल निकालिएको डा खनालले जानकारी दिए । बोत्तल कसरी उनको मलद्वारभित्र अड्कियो भन्ने विषयमा केही जानकारी पाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्