नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा



काठमाडौँ ।  नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानी रोस्टन चेस गर्ने छन् ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबिच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र आन्द्र फ्लेचर ए‌ टोलीमा छन्। वेस्ट इन्डिज टोलीको पहिलो पटक‌ नेपाल भ्रमणमा आउन लागेको हो।

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते , चौथो खेल वैशाख २० गते र पाँचौँ तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । ओमानमा आइतबार सम्पन्न एसीसी प्रिमियर कपमा‌ भाग लिएर नेपाली क्रिकेट टोली सोमबार राति स्वदेश आइपुगेको छ।

साबिक विजेताका रूपमा ओमान पुगेको मेपाली टोली यस पटक चौथो भएर फर्केको छ। सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) सँग पराजित भएर लगातार दोस्रो पटक एसिया कप खेल्ने नेपालको सपना पूरा हुन सकेन ।

वेस्ट इन्डिज ए क्रिकेट टोली

रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स ।

प्रतिक्रिया दिनुहोस्