शाहीको रविलाई प्रश्न- विदेशी राजाको खुट्टा ढोक्न जाने तपाईँ र अरू नेतामा के फरक छ ?



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई आफ्नै देशको राजा फर्काउने अभियानमा लाग्न  आग्रह गरेका छन् । बुधवार सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद शाहीले गृहमन्त्री भएको बेला लामिछानेले विदेशी राजा आउँदा सार्वजनिक बिदा दिएको भन्दै तपाईँ र अरू नेतामा के फरक छ ? भन्ने प्रश्न गरेका हुन् ।

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि गर्ने दुई दिने राजकीय भ्रमणका अवसरमा नेपाल सरकारले आज दिएको सार्वजनिक बिदाप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको बेला सांसद शाहीको यस्तो टिप्पणी आएको हो ।

उनले भनेका छन्, माननीय रवि लामिछानेज्यु, हिजोका दिनहरूमा तपाईँले जनताको आवाज उठाउँदै गर्दा हाम्रो साथ र समर्थन थियो तर आज तपाईँ आफै गृहमन्त्री हुँदा कतारका राजा आउँदा सार्वजनिक बिदा दिनुभएछ, अब भन्नुहोस्, तपाईँ र अरू नेतामा के फरक भो रु बोल्ने एउटा गर्ने एउटा रु विदेशी राजाका खुट्टा नै ढोक्न जानु भन्दा आफ्नै देशका राजा फर्काउने अभियानमा लाग्नुहोस् कति गुलामी गर्छौ हो विदेशीको ?

प्रतिक्रिया दिनुहोस्