जनकपुरको होटलमा एक युवक मृत फेला



काठमाडौँ । जनकपुरको पिडारी चोकस्थित नमुना होटेल एण्ड गेस्ट हाउसमा एक युवक मृत फेला परेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय मित कुशियैत यादव मृ‌त फेला परेका हुन् ।

होटलको कोठा नं। २०४ मा झुन्डिएको अवस्थामा राति ११ बजे मृत फेला परेको प्रहरीले जनाएको छ । बेलुका ७ बजे युवक कोठा बुक गरेका थिए । राति ११ बजे ढोका खुल्लै अवस्थामा कोठामा उनी झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।  घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्