नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस जित्यो, पहिला बलिङ गर्ने 



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्नेछ ।

नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन् ।

नेपालको टोली : कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

वेस्ट इन्डिज ए :जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस

प्रतिक्रिया दिनुहोस्