बायर लिभकुसन अझै अपराजित



काठमाडौँ । यो सिजन सानदार प्रदर्शन गर्दै जर्मन बुन्डेसलिगाको च्याम्पियन बनिसकेको बायर लेभरकुसेनले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । जाभी अलन्सोको प्रशिक्षणमा गज्जवको प्रदर्शन गरिरहेको बायर लिभरकुसनले बुन्डेसलिगामा शनिबार राति भिएफबी स्टुर्टगार्टसँग २–२ गोलको बराबरी खेल्दै आफ्नो अपराजित यात्रा ४६ खेलसम्म पु¥याएको छ । लिभरकुसनले पछिल्ला तीन खेलमा अन्तिम समयमा गोल गर्दै हार टारिरहेको छ ।

लिभरकुसनले युरोपा लिगमा वेस्ट ह्याम युनाइटेड र बुन्डेसलिगामा बोरुसिया डर्टमुन्डसँग बराबरी खेल्दा अन्तिम समयमा गोल गरेका थिए । क्रिस फुरिच र डेनिज उन्डवले गोल गर्दा लिभरकुसनका एमिन एड्लि र रोबर्ट एन्डरिचले बराबरी गोल फर्काए ।

घरेलु मैदान बेएरिनामा लिवरकुसन खेलको ५७औं मिनेटसम्म २–० ले पछि परिसकेको थियो । ४७औं मिनेटमा क्रिस फुरिचले र ५७औं मिनेटमा डेनिज उन्डवले गोल गरेका थिए ।

६१औं मिनेटमा एमिनले गोल गर्दै बायर लिभरकुसनलाई २–१ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटम रोबर्ट एन्डरिचले गोल गर्दै लिभरकुसनलाई हारबाट जोगाए । यस बराबरीसँगै लिभरकुसनको ३१ खेलबाट ८१ अंक पुगेको छ । स्टुटगार्ट ६४ अंकसहित तेस्रो स्थानमा छ ।

लिभरकुसन २७ मे २०२३ को बुन्डेसलिगामा भिएफएल बोचुमसँग ३–० ले पराजित भएयता ४६ खेलसम्म अपराजित छ । जसमा ३८ खेलमा जित र ८ खेलमा बराबरीको नतिजा छ । लिभरकुसनले पछिल्ला तीन खेलमा जित निकाल्न सकेको छैन । एजेन्सी

प्रतिक्रिया दिनुहोस्