इराकमा समलिङ्गी सम्बन्धमा कडा कानुन बन्यो, १५ वर्षको सजाय हुने



काठमाडौँ । इराकको संसद्ले शनिवार समलिङ्गी सम्बन्धसम्बन्धी कानुन पारित गरेको छ । संसद्ले समलिङ्गी सम्बन्धलाई अपराध मान्दै करिब १५ वर्षको जेल सजायको घोषणा गरेको थियो । यस कानुनको उद्देश्य धार्मिक मूल्य मान्यताहरू कायम राख्नु हो। तर इराकमा ‘LGBT’ समुदायको सम्बन्धमा पारित भएको यो कानुनलाई अधिकारकर्मीहरूले निन्दा गरेका थिए।

इराकले समलैंगिकता विरुद्ध कदम चालेको छ, समलिङ्गी सम्बन्धलाई कम्तीमा १० वर्षको जेल सजाय र समलैंगिकता वा वेश्यावृत्तिलाई बढावा दिनेलाई कम्तीमा १५वर्षको सजायको घोषणा गरिएको थियो। कानूनमा यो पनि भनिएको छ कि यसले आफ्नो , जैविक लिङ्गू परिवर्तन गर्ने वा जानाजानी अन्य लिङ्ग भन्दा फरक लुगा लगाउने व्यक्तिलाई एक देखि तीन वर्षसम्म जेल सजायको व्यवस्था गरेको छ।

प्रमुख इराकी पार्टीहरूले गत वर्षदेखि ‘LGBT’ अधिकारको आलोचनालाई तीव्र पारेका छन्, ‘LGBT’ समुदायको इन्द्रेणी झण्डाहरू गत वर्ष सत्तारूढ र विपक्षी शिया मुस्लिम समूहहरू दुवैले विरोधमा जलाइएका छन्। अवर वर्ल्ड इन डाटाका अनुसार, समलिङ्गी यौनलाई ६० भन्दा बढी देशहरूमा अपराधीकरण गरिएको छ, जबकि १३० भन्दा बढी देशहरूमा समलिङ्गी यौन कार्यलाई अनुमति दिइएको छ।

यसअघि मृत्युदण्डको व्यवस्था थियो

यद्यपि, इराकको विधेयकमा सुरुमा समलिङ्गी कार्यका लागि मृत्युदण्डको व्यवस्था थियो। तर अमेरिका र युरोपेली मुलुकको कडा विरोधपछि यो कानुन पारित हुनुअघि नै संशोधन गरिएको थियो । ह्युमन राइट्स वाचमा ‘LGBT’अधिकार कार्यक्रमका उपनिर्देशक रशा युनेसले भने, इराकी संसद्ले एलजीबीटी विरोधी कानुन पारित गर्नुले ‘LGBT’ व्यक्तिहरू विरुद्धको अधिकार उल्लङ्घनको इराकको डरलाग्दो रेकर्डलाई छाप लगाउँछ र यो मौलिक मानव अधिकारको लागि गम्भीर प्रहार हो।

प्रतिक्रिया दिनुहोस्