नेपालले पहिला फिल्डिङ गर्ने, प्लेइङ ११ मा आज ५ परिवर्तन



काठमाडौँ ।  नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए विरुद्ध आफ्नो प्लेइङ ११ मा पाँच परिवर्तन गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको टसमा वेस्टइन्डिज ए का कप्तान रोश्टन चेशले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएपछि नेपालले पहिला फिल्डिङ गर्ने छ ।

नेपालले आजको खेलमा लोकेश बम, आरिफ शेख, सोमपाल कामी, सागर ढकाल र आकाश चन्दलाई मौका दिएको छ । पहिलो खेलबाट विवेक यादव, प्रतिश जि।सी, कमल सिंह ऐरी, अभिनाश बोहरा र ललित राजवंशी बेन्चमा छन् ।

प्रतिक्रिया दिनुहोस्