म षड्यन्त्रको सिकार भएँ : सन्दीप लामिछाने



काठमाडौँ । लामो समयदेखि नेपाली क्रिकेटको सेवा गरेका र नेपाललाई यो स्थानमा पुर्‍याउन भूमिका खेलेका क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको अभियोग लागेको छ । उनी अहिले अभियोगबाट सफाइ लिनका लागि पुनरावेदन दिएर उच्च अदालत पाटनबाट न्यायको पर्खाइमा रहेको छन् ।

आरोप लागेदेखि नै सन्दीप मौन थिए । आज उनले मौनता तोडेका छन् । उनले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले आफू षड्यन्त्रको सिकार भए भन्दै यस षड्यन्त्रमा भूमिका खेल्नेलाई भगवाले आशीर्वाद दिउन् भनेर लेखेका छन् । उनले नेपाली क्रिकेट टिम भित्रदेखि विश्व भूराजनीतिसम्म षड्यन्त्रमा लागेको बताउँदै आएका थिए । न्यायिक प्रक्रिया चलिरहेकाले सबै कुरा खोलेका छैनन् । तर समय आएपछि खोल्ने उनले आजको पोष्टबाट चेतावनी दिएका छन् ।

सन्दीपको मुद्दा पेसीमा चढेपछिपनि बारम्बार हेर्न नभ्याईनेमा राखेर न्यायाधीशहरू भागिरहेका छन् । उच्च अदालतमा पुनरावेदनमा गएको मुद्दामा जतिसक्दा चाँडो न्यायिक निरोपण गर्नुपर्ने नियमावलीमा छ । तर सन्दीपलाई विश्वकपमा खेल्न नदिनकै लागि ढिलाइ गरेको शङ्का सन्दीपले गरेका छन् । नेपालको टी–२० विश्वकप स्क्वाड ९टिम० घोषणा गरिसकेको छ । टोली घोषणा हुनासाथ उनले एक अर्थपूर्ण इमोजी मात्र पोस्ट गरेका थिए । इमोजी सामान्य तर अर्थपूर्ण छ । त्यसमा उनले केही पनि शब्द लेखेका छैनन् ।

उनको पोस्ट नेपालीमा यस्तो छ  स् मैले पोस्ट गर्नबाट आफूलाई टाढा राखे। म षड्यन्त्रको सिकार भएकोमा मलाई कुनै शङ्का छैन । यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने सबैलाई भगवाले आशीर्वाद दिउन्। म सबै कुरा भगवानमा छोड्छु। सत्य तथ्य बाहिर नआएसम्म समयले बताउनेछ ।

प्रतिक्रिया दिनुहोस्